हर्दिक बधाइ तथा शुभकामना !

महिला मानवअधिकार रक्षकहरुको सञ्जाल बागलुङ्गमा लामो समयदेखि सक्रिय भई कार्यरत्  महिला मानवअधिकार रक्षक तथा महिलाका सवालहरु उठान गर्ने कार्यमा सक्रिय एवं निरन्तर रुपमा लागिपर्ने बाग्लुङ्ग जिल्लाको सञ्जालकी अध्यक्ष ज्ञानकुमारी छन्त्याल हाल सम्पन्न संविधान सभाको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसकोतर्फबाट विजय प्राप्त गर्नुभएकोमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालकी अध्यक्ष ज्ञानकुमारी छन्त्याललाई हार्दिक बधाइ ज्ञापन गर्दछ ।
महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको एक सदस्य सञ्जालको रुपमा रहेको बाग्लुङ्ग सञ्जालकी अध्यक्षको विजयले आज ७५ वटै जिल्लाका सञ्जाल लगायत सम्पूर्ण महिला जगत हर्षले गौरवान्वित भएको छ । यसर्थ आगामी दिनमा छन्त्यालले सभासद जस्तो गरिमामय पदमा रही महिलाका सवालहरु उठान गर्ने कार्य तथा महिलाका सवालहरुका सम्बोधनका लागि नीतिनिर्माण तहमा प्रभावित गर्ने एवं नीति परिमार्जन तथा नयाँ नीतिनिर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेली एक नमूना सभासदको रुपमा आफूलाई स्थापित गर्न सफलता मिलोस् भन्ने कामना गर्दछौं ।    
 
महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको तर्फबाट

लक्ष्मी न्यौपाने
सञ्जाल संयोजक
वालकुमारी, ललितपुर
५५२९८४१

२०७० मंसिर ९