Downloads
Overview Search Downloads Submit file Up
Download details
बलात्कार विरुद्ध राष्ट्रिय अभियान
(0 votes)

“अन्तर्राष्ट्रिय शान्ति दिवस” को अवसर पारी २२ सेप्टेम्बर (असोज ६ गते) का दिनदेखि मानव अधिकार दिवस १० डिसेम्बर २०१३ सम्म राष्ट्रिय रूपमा यो अभियान सञ्चालन गरिंदै छ । यो अभियानको आयोजक तथा सहयोगीका रूपमा सामेल हुन हामी हरेक संङ्घ संस्था र व्यक्तिहरूलाई हार्दिक अनुरोध गर्दछौ ।

अभियानको उद्घेश्य ः

बलात्कारका विरुद्धमा जनचेतना फैलाई बलात्कार नहुने वातावरण निर्माण तथा बलात्कार पीडित ÷ प्रभावितको सामाजिक, कानुनी न्यायको अधिकार सुनिश्चितताको आधार तयार गर्ने ।

अभियानका मागहरू ः

  • बलात्कार सम्बन्धी हालको कानुनमा (अध्यादेशबाट भए पनि) संशोधन गरियोस् ।
  • द्रुतन्याय प्रणाली (फाष्ट ट्रयाक कोर्ट) को गठन तथा हालका लागि अदालतले गरेको निरन्तर सुनुवाईको प्रक्रिया अवलम्बन गरी बलात्कारबाट प्रभावितहरू सबै घटनाको अविलम्ब प्रभावकारी फैसला गरियोस् ।
  • बलात्कार सम्बन्धी अनुसन्धान प्रक्रियालाई संवेदनशील र प्रभावकारी बनाउन नेपाल प्रहरीका लागि निर्देशिका निर्माण र कार्यान्वयन ।
  • बलात्कार तथा यौनशोषणबाट पीडित महिला बालिकाहरूको पढ्न पाउने, तथा स्वास्थ्य सेवा र न्यायपूर्ण वातावरणमा बस्न पाउने अधिकार CRCCEDAW माग गरिएको प्रतिवद्धता अनुरूप नीतिगत तवरबाट सुनिश्चित गरी त्यसका बजेटमा व्यवस्था १
  • बलात्कार पीडित÷प्रभावितमाथि विभेद गर्नेलाई सामाजिक अपराधको रूपमा राख्न आवश्यक कानुनको निर्माण र त्यस्ता व्यक्तिहरूलाई कारवाही ।

राष्ट्रिय अभियानको अवधि ः

यो अभियान असोज ६ गते (सेप्टेम्बर २२) अन्तराष्ट्रिय शान्ति दिवसका दिन सुरू भई पौष २५ गते –डिसेम्बर १०) मानव अधिकार दिवसको दिन अन्त्य हुनेछ ।




Data

Size422.91 KB
Downloads1561
Language Nepali
License
Author
Website
Price
Created2013-09-13 07:08:44
Created bynawhrd
Changed at
Modified by

Download