२३ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसा विरुद्ध अभियान, २०१३ को सन्दर्भमा प्रेश वक्तव्य

२२ वर्षदेखि विश्वभर लैङ्किक हिंसा  मानव अधिकारको हनन् हो भन्ने मान्यतालाई आत्मसात गराउँन सांकेतिक रुपमा २५ नोभेम्बर ९ महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन० देखि सुरुगरि १० डिसेम्बर ९अन्तर्राष्ट्रिय मानवअधिकार दिवस० सम्म यो अभियान  संचालन हुने गर्दछ  । महिला हिंसा अन्त्यका लागि राज्यद्धारा संवेदनशिल जिम्मेवारी बहनको माग गर्दै यस वर्ष पनि समुदायस्तर देखि सयौं संघसंस्था, ७५ वटै जिल्लाका महिला मानिवअधिकार रक्षक संजालहरुको सहकार्यमा ओरेक नेपालद्धार देशभर यस अवधीमा विभिन्न कार्यक्रमहरु गरिदैछ ।
विगत १५ वर्षभन्दा बढिदेखि निरन्तर रुपमा महिला अधिकारकर्मिहरुद्धारा संचालित यो अभियानमा सरकारद्धार समेत रहेको प्रतिवद्धताका बाबजुद देशमा महिला हिंसा बढ्नु   र पीडितले न्याय नपाउँनु  हामी सबैका लागि गम्भीर चिन्ताको विषय भएको छ । त्यसैले यो १६ दिने अभियानमा सबै सरोकारवालाहरु एकै ठाउँमा आई हालसम्म संचालित कार्यक्रमहरुको विश्लेषण गरि नयाँ मार्ग चित्र  कोर्नु आवश्यक छ ।
विश्वभरि नै गरिएको अनुसन्धान, महिलाका भोगाइ र अनुभव हरुको आधारमा महिला हिंसा देश र संसारको राजनिती, सामाजिक सोच, सामाजिक संरचना तथा आर्थिक सोच र पद्धतिसंग अन्तरसम्बन्धित छ भन्ने स्पष्ट देखिएको छ । खासगरि हाल विश्वमा नै  बढ्दै गएको सैनिकिकरण , जडसुत्रवाद तथा विभेदपूर्ण आर्थिक नितीहरुका कारण जन्मीयका विसङ्गतीहरु संसारभर महिला हिसा बढ्दै जानुको  प्रमुख कारणको रुपमा रहेको छ । शक्तिको आधारमा सत्ता प्राप्ती, सत्ताको आडमा व्यक्तिको अधिकारहरुमाथिको नियन्त्रण तथा श्रोतको केन्द्रिकरण जस्तो मान्यताले नै सैनिकिकरण जन्मन्छ , फस्टाउँछ र फैलाउँछ । पितृसत्तात्मक सामाजिक संरचना भित्र सैनिकिकरण बलियो हुन्छ, सैनिकिकरण भित्र पितृसत्ता बलियो हुन्छ । यी दुबै एक अर्कामा अन्तर सम्बन्धित एवम अन्तर निहित हुन्छन् ।
महिलामाथि हुने हिंसाको मुख्य स्रोतको रुपमा यहि मान्यता, धारणा र तिनले  बलियो बनाउँने व्यवहारहरु रहेका हुन्छन् ।  यीनले नै  महिला र बालिकामाथि हिंसा हुने वातावारण निर्माण गर्छन् ।  त्यसैले महिला हिंसा अन्त्यका लागि बढ्दै गएको सैनिकिकरणको अन्त्य हुन आवश्यक छ । अनिमात्र शान्तिको जग बन्दछ । यही तथ्यलाई मनन गरि यो वर्ष पनि “घर शान्ति नै विश्व शान्तिको आधार ः महिला हिंसा अन्त्यका लागि सैनिकिकरणको अन्त्य” भन्ने नाराका साथ विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान संचालन हुदैछ ।
१६ दिनसम्म संचालन हुने यो अभियान अन्तरगतका  कार्यक्रमहरुमा यिनै सवालहरुमा स्पष्टता ल्याउँदै महिला हिंसा अन्त्य गर्न देशमा बढ्दै गरेको सैनिकिकरणको अन्त्य, सामाजिक, आर्थिक विभेद तथा सत्ता र शक्तिका लागि बढ्दै गएको होडबाजीले पारेको असर र यसको अन्त्यका लागि गर्नु पर्ने प्रयास जस्ता विषयहरूलाई उठान गरिने छ ।  
समुदायस्तरदेखि राष्ट्रिय स्तरसम्म महिला हिंसा अन्त्यका लागि भईराखेका प्रयासहरू र हुनुपर्ने व्यवस्थाका लागि भईरहेका कार्यक्रमहरु प्रति एकवद्धता जनाउँदै पैरवीका नयाँ मार्ग चित्र तयार गरिने छ ।
लैङ्गिक विभेदमा आधारित हिंसा  सैनिकिकरण, व्यक्तिको सामाजिक आर्थिक अधिकारसंग अन्तर सम्बन्धित छ । त्यसैले महिला हिंसा अन्त्यका लागि त्यसमा परिर्वतन आवश्यक हुन्छ ।  त्यसका लागि देशमा रहेको सैनिकिकरणद्धारा सुरक्षा हुन्छ भन्ने मान्यतामा परिर्वतन गरि हरेक व्यक्तिको सामाजिक, आर्थिक अधिकार सुनिश्ति भएमा मात्र सुरक्षा सम्भव छ भन्ने मान्यता स्थापित गरिनु जरुरी छ । यो विना महिलामाथि हुने हिंसाको अन्त्य चुनौतिपूर्ण छ । त्यसैले महिला हिंसा अन्त्यका लागि महिलाको आर्थिक, सामाजिक अधिकार सुनिश्चित हुन सक्ने  वातावरण निर्माण गर्न गहन दायित्व राज्यले निर्वाह गर्नुपर्दछ ।  
राज्यलाई यो दायित्व पुरा गर्न दबाव दिने, जिम्मेवार बनाउँने एवम सघाउँन महिला अधिकारकर्मीहरु, नागरिक समाज तथा संचारकर्र्मीहरुको कतव्र्य हो । आफ्नो यही कतव्र्य पुरा गर्न ओरेक नेपालले वर्षभरि निरन्तर रुपमा संचाल भईरहेका कार्यक्रमहरुलाई निरन्तरता दिदै  , १६ दिने अभियान अन्तर्गत विभिन्न  कार्यक्रहरु संचालन गर्नेछ ।  हामीसबैले समन्वय र सहकार्यमा हातेमालो गर्दै काम ग¥यौ भने महिला हिंसा अन्त्य हुने वातावारण निर्माण हुन्छ भन्ने विश्वासका साथ यो अभियानमा यहाँहरू सबैको सहभागिता र ऐक्यवद्धताका लागि ओरेक नेपाल एवं महिला मानवअधिकार रक्षक संजाल हार्दिक अनुरोध गर्दछ ।

महिला मानवअधिकार रक्षक तथा महिला पुर्नस्थापना केन्द्रका तर्फबाट ।

 
डा. रेणु राजभण्डारी
संस्थापक अध्यक्ष