२३ औं अन्तराष्ट्रिय १६ दिने महिला हिंसा विरुद्ध अभियान, २०१३ को सन्दर्भमा पत्रकार सम्मेलन

२२ वर्षदेखि विश्वभर लैङ्किक हिंसा मानव अधिकारको हनन् हो भन्ने मान्यतालाई आत्मसात गराउँन सांकेतिक रुपमा २५ नोभेम्बर ९ महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका दिन०देखि सुरुगरि १० डिसेम्बर ९अन्तर्राष्ट्रिय मानवअधिकार दिवस० सम्म यो अभियान संचालन हुने गरेको छ  । महिला हिंसा अन्त्यका लागि राज्यद्धारा जिम्मेवारी बहनको माग गर्दै यस वर्ष पनि समुदायस्तर राष्ट्रिय स्तरसम्म सयौं संघसंस्था तथा संजालहरुको सहकार्यमा देशभर “घर शान्ति नै विश्व शान्तिको आधार ः महिला हिंसा अन्त्यका लागि सैनिकिकरणको अन्त्य” भन्ने नाराका साथ विश्वभर महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमहरु सहित संचालन गरिदैछ ।  
यसै सन्दर्भमा आज मिती २०७० मंसिर ९ गते ओरेक नेपाल, महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय महिला आयोगको संयूक्त आयोजनामा प्रेष सम्मेलन सम्पन्न गरियो । कार्यक्रममा जम्मा ७१ जनाको सहभागिता रहेको छ ।
कार्यक्रमा विशेष गरि हाल विश्वयमा नै बढ्दै गएको सैनिकिकरण , जडसुत्रवाद तथा विभेदपूर्ण आर्थिक नितीहरुका कारण जन्मीएका विसङ्गतीहरु संसारभर महिला हिंसा बढ्दै जानुको  प्रमुख कारणको रुपमा रहेको छ भन्ने कुरामा विषेश जोड दिईएको छ  । शक्तिको आधारमा सत्ता प्राप्ती, सत्ताको आडमा व्यक्तिको अधिकारहरुमाथिको नियन्त्रण तथा श्रोतको केन्द्रिकरण जस्तो मान्यताले नै सैनिकिकरण जन्मन्छ , फस्टाउँछ र फैलाउँछ । पितृसत्तात्मक सामाजिक संरचना भित्र सैनिकिकरण बलियो हुन्छ, सैनिकिकरण भित्र पितृसत्ता बलियो हुन्छ । यी दुबै एक अर्कामा अन्तर सम्बन्धित एवम अन्तर निहित हुन्छन् त्यसैले महिला हिंसा अन्त्यका लागि बढ्दै गएको सैनिकिकरणको अन्त्य हुन आवश्यक छ । त्यसैले “घर शान्ति नै विश्व शान्तिको आधार ः महिला हिंसा अन्त्यका लागि सैनिकिकरणको अन्त्य” भन्ने नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत संचालन हुने कार्यक्रमहरुका बारेमा जानकारी गराइयो ।