Dharna Program Accomplished on 29th July

धर्ना कार्यक्रम सम्पन्न, २०७० श्रावन १४ गते

मिति २०७० श्रावन १४ गते शीघ्र कारवाही अदालतको गठन (Fast Track Court), बलात्कार सम्बन्धी कानुनको शीघ्र खारेज गरी पीड़ित मुखी नया कानून निर्माण, बेलबारी घटनाको छानबीन, पीड़ितलाई समुचित न्याय र पीडकलाई कडा कारबाही तथा दंड, महिलामाथि हुने हिंसाको  अन्त्य आदि अभिप्रायका साथ आयोजित धरना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l

२०७० साल  बैशाख  १६ गते सोमबारदेखि जिल्ला प्रशासन कार्यालय अगाड़ी  निरंतर रुपमा संयुक्त महिला आन्दोलनद्वारा आयोजित धर्ना कार्यक्रममा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजाल, ओरेक नेपाल, महिला एकता समाज,महिला सुरक्षा दवाब समूह महिलाको निम्ति महिला मंच, मितिनी नेपाल, महिला अधिकार मंच, एक्शन वर्क नेपाल, लूम लगाएतका बिभिन्न संजाल तथा संघ संस्थाको उपस्थिति रहेको थियो

धर्ना कार्यक्रममा महिला मानवअधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, महिला संजालहरु तथा संघसंस्थाका प्रतिनिधिहरूको महिला हिंसा अन्त्यको लागि हाम्रो अभियान जारी छ भन्ने नाराका साथ महिला हिन्साको अन्त्य गर, क़ानूनी शासन कायम गर, Fast Track कोर्टको गठन गर, मनाबअधिकारको सम्मान गर, दण्ड हीनताको अन्त्य गर, महिला अधिकार सुनिश्चित गर, बेलबारी घटनाको तुरुन्त छानबीन गर, दोषीलाई कारबाही गर भन्ने नाराका साथ सक्रीय उपस्थिति रहेको थियो

धर्ना कार्यक्रमको समापनमा संयुक्त महिला आन्दोलनको तर्फबाट महिला दवाब समूहकी महासचिव  रत्न लक्ष्मी श्रेष्ठले धर्ना कार्यक्रम निरंतर पमा हरेक सोमबार अपरान्ह १२ बजे देखि १ बजे Fast Track कोर्टको गठन नहुन्जेलसम्म गरिने जानकारी दिदै आगामी दिनमा पनि सबैको सक्रीय सहभागिता होस भन्ने आशा र अनुरोध गर्दै सहभागी सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो

 

महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजाल

बालकुमारी, ललितपुर

 

977-1-5529841