बोक्सीको आरोप लगाई महिलामाथि गरिने अपराध÷मानव अधिकार हनन् विरुद्धको ६० दिने अभियान प्रेस विज्ञप्ति

 बोक्सीको आरोप लगाई महिलामाथि गरिने अपराध-मानव अधिकार हनन् विरुद्धको ६० दिने अभियान

प्रेस विज्ञप्ति

 आदरणीय पत्रकार साथीहरू, 

बोक्सीको आरोप लगाई महिलामाथि गरिने विभिन्न प्रकारका अपराधहरू देशमा बढ्दै गैराखेको छ । यस वर्षमात्र ९२ जना महिलाहरुले  बोक्सीको आरोपमा विभत्स प्रकारका अपराध र अत्याचारका मानव सभ्यतामाथि नै प्रश्न उठाउने खालका घटनाहरु बाहिर आएका छन् (ओरेक नेपालका तथ्याङ्क) ।

लगाई महिलामाथि गरिने अपराध÷मानव अधिकार हनन् विरुद्धको ६० दिने अभियान

प्रेस विज्ञप्ति

 आदरणीय पत्रकार साथीहरू, 

बोक्सीको आरोप लगाई महिलामाथि गरिने विभिन्न प्रकारका अपराधहरू देशमा बढ्दै गैराखेको छ । यस वर्षमात्र ९२ जना महिलाहरुले  बोक्सीको आरोपमा विभत्स प्रकारका अपराध र अत्याचारका मानव सभ्यतामाथि नै प्रश्न उठाउने खालका घटनाहरु बाहिर आएका छन् (ओरेक नेपालका तथ्याङ्क) । महिलाहरुलाई बोक्सीको आरोप लगाई  मलमूत्र खान बाध्य बनाइएको छ । जिउँदै जलाइएको छ । आँखा निकालिएको छ । तातो पन्यूले डामिएको छ । समाज र घरबाट निकाला गरिएको छ ।

यी घटनाहरु त प्रतिनिधीमूलक घटना मात्र हुन् । महिलाहरु माथि यसप्रकारका अपराधहरु उनीहरुको मानव अधिकार सुनिश्चित हुन नसकेको अवस्थाको परिणाम हो भन्ने हाम्रो ठहर हो १

देश राजनीतिकरुपले लोकतान्त्रिक प्रणालीतर्फ रूपान्तरित हुने क्रममा भए पनि यो प्रकृयाले सामाजिक, आर्थिक संरचना, समाजमा जरो गाडेर रहेको बिभेद र अन्धबिश्वासमा आधारित संस्कृतिलाई सम्बोधन नगरेको स्थिति, राजनैतिक अस्थिरता, दण्डहीनता, राजनीतिक अपराधीकरणले गर्दा अझ यस्ता अपराधीक र अमानवीय किसीमका घटनाहरुको शिकार  महिलाहरु दिनहँु हुनुपर्ने बाध्यत्मक स्थितिको सिर्जना भएको छ । 

सरकारलाई सर्वोच्च अदालतले मिति २०६७ साल जेष्ठ २८ गते बोक्सी प्रथा जस्तो अमानुषिक व्यवहार रोकथाम, नियन्त्रण र सजाय गर्ने प्रभावकारी कानुन तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश जारी गरिसकेको अवस्था छ ।  त्यसैगरी महिला विरुद्ध भेदभाव उन्मूलन समितिले ९ऋभ्म्ब्ध् ऋयmmष्ततभभ० पित्तृसत्ताले जरो गाडेको संस्कृति र सामाजिक संरचनाका कारण महिलाहरु हिंसामा रहेको ठहर गर्दै लैङ्गिक पूर्वाग्रही र हानिकारक परम्परागत अभ्यासहरुको अन्त्यका लागि सुझावहरु पेश गरेको छ ।  जसमा पित्तृसत्तात्मक प्रवृत्ति र लैङ्गिक पूर्वाग्रही भूमिकाको अन्त्यका लागि ठोस उद्देश्य र कार्यतालिका सहितको  विस्तृत रणनीति लागू गर्ने, जनचेतना अभिबृद्धि तथा शैक्षिक कार्यक्रमहरुको सुदृढ गर्ने र महिलाहरुमाथि भेदभाव गरिनु हुँदैन भन्ने किसीमको संन्देश प्रवाह गर्न संचार जगतसँग सहकार्य गर्ने, र हानिकारक सामाजिक अभ्यासहरुका सम्बन्धमा चाँडै कानुन निर्माण गर्न नेपाल सरकारलाई सुझाव समेत प्रस्तुत गरेको छ । 

त्यसैगरी सन् २०११ मा नै भएको नेपालको मानव अधिकारको बिश्वव्यापी समीक्षा (ग्एच् च्भ्ख्क्ष्भ्ध्) का बखत धेरै देशहरुले नेपाल सरकारलाई महिला हिंसा अन्त्य गर्न जिम्मेवार पहल गर्न सुझाब दिएका छन् ।  राज्यद्वारा त्यसलाई स्वीकारी पहल गर्ने अठोट गरिएको छ । देशका सबै राजनीतिक पाटीहरुका घोषणापत्रहरु मार्फत महिला हिंसा अन्त्य गर्ने प्रतिबद्धता जारी गरिएको छ । यसरी राज्य भित्र र बाहिर विभिन्न प्रकारले राज्यद्वारा प्रतिबद्धता व्यक्त गरिएता पनि यस्ता अपराधका कारण महिलाहरुको जीवन यापन कष्टकर बनेको छ । तर सम्बन्धीत सरोकारवालाहरु यी सवालमा आवश्यकक्ता अनुरुप संवेदनशिल हुन नसक्नु, यस्ता अपराधहरुलाई सम्बोधन गर्ने  उपयुक्त कानुनी आधार नहुनु, पीडितलाई सहयोग गर्ने सहयोगी संयन्त्रको अझ सम्म विकास हुन नसक्नु, महिलामाथि हुने यस्ता अपराधका सवालहरु राष्ट्रिय बहसको मुद्दा बन्न नसक्नुल राज्य संयन्त्र तथा राजनितीक नेतृत्व यस्ता अपराध निर्मूल गर्न कतिको सचेत र संवेदनेशिल छ भन्ने कुरा स्पष्ट बनाएको छ । 

यी विभिन्न सवाल र अवस्थालाई उजागर गरि स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका सरोकारवालाहरुलाई  बोक्सीको आरोप लगाई महिलामाथि गरिने अपराध बिरुद्ध सचेत गराउनुको साथै यस्ता अपराधहरु महिलाको मानव अधिकार हनन् हो भन्ने सवालमा समुदाय तहसम्म सूचना पु¥याउने एवं प्रभावितको न्याय तथा जीविकोपार्जनका आधार सुनिश्चित गराउनका लागि पैरवी गर्ने उद्देश्यले महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालको समन्वयमा केएर नेपाल, एक्शन एड नेपाल, ओरेक नेपाल, राष्ट्रिय महिला अधिकार मञ्च, महिलाका निम्ति महिला मञ्च, कृतिका सामाजिक तथा सांस्कृतिक अधिकारका लागि महिला अभियान,  राष्ट्रिय महिला अधिकार सरोकार मञ्च जस्ता विभिन्न महिला अधिकारमा काम गर्ने संस्थाहरूद्वारा “बोक्सीको आरोप लगाई महिलामाथि गरिने अपराध ÷मानव अधिकार हनन् विरुद्धको ६० दिने अभियान विरुद्धको ६० दिने अभियान” निम्न मागहरु राखि  सञ्चालन गर्न लागेको छ । 

यो अभियानका मागहरुः

ड्ड  बोक्सीको आरोप लगाई महिलामाथि गरिने हिंसालाई सम्बोधन गर्ने प्रभावकारी कानुनको  

   अबिलम्ब  व्यवस्था गरियोस् ।               

ड्ड  बोक्सीको आरोप लागी अपराध खप्न बाध्य महिलाहरुका लागि तुरुन्तै न्याय प्राप्तगर्ने संयन्त्रको व्यवस्था गरियोस् ।

ड्ड  प्रभावितहरुको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सुनिश्चितता गर्ने प्रभावकारी व्यवस्था गरियोस् ।

ड्ड  सरकारी तहबाट बोक्सी अन्धबिश्वास हो र यो सामाजिक कुरीतीजन्य सोचको परिणाम हो भन्ने बुझाउने खालको 

   प्रभावकारी संचार अभियान संचालन गरियोस् ।

यो अभियान तपाईहरुको सक्रिय सहभागीता, सहयोगको अपेक्षा गर्दछ । विगतमा झैं पत्रकारज्यूहरुबाट, महिला हिंसा विरुद्धको यो अभियानमा सहयोग हुने कुरामा विश्वास गर्दछौ । यो अभियानमा तपाईहरुको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद । 

 डा. रेणुराज भण्डारी

संयोजक

बोक्सीको आरोप लगाई महिलामाथि गरिने अपराध÷मानव अधिकार हनन् विरुद्धको ६० दिने अभियान