Press release

Respected media personnel,

Recent elections, both the local level and the provincial level have created a base for possible economic, social and political changes in our country. Media has been playing a crucial role in country’s economic, social and cultural change since the very beginning. It also plays a very significant role in social justice, equity and human rights resumption.

Read more

प्रेश विज्ञप्ती : वैकल्पिक व्यवस्था विना बल प्रयोग गरि सुकुम्बासीहरुको बस्ती हटाउनु मानव अधिकारको हनन

प्रेश विज्ञप्ती

मिती ः २०६९ वैशाख २६  

२०६९ वैशाख २६ गते पूर्व–सूचना विना एका–विहानै प्रहरी परिचालन गरी काठमाडौंको थापाथली स्थित वाग्मती किनारको सुकुम्बासीहरू बसीरहेको सबै घर–टहराहरू डोजर लगाई भत्काएर त्यहाँ बसिरहेका सुकुम्बावसीहरुको उठिबास लगाउने मानव अधिकार हननको घटनाको हामी घोर भत्सर्ना गर्दछौं । 

Read more

बोक्सीको आरोप लगाई महिलामाथि गरिने अपराध÷मानव अधिकार हनन् विरुद्धको ६० दिने अभियान प्रेस विज्ञप्ति

 बोक्सीको आरोप लगाई महिलामाथि गरिने अपराध-मानव अधिकार हनन् विरुद्धको ६० दिने अभियान

प्रेस विज्ञप्ति

 आदरणीय पत्रकार साथीहरू, 

बोक्सीको आरोप लगाई महिलामाथि गरिने विभिन्न प्रकारका अपराधहरू देशमा बढ्दै गैराखेको छ । यस वर्षमात्र ९२ जना महिलाहरुले  बोक्सीको आरोपमा विभत्स प्रकारका अपराध र अत्याचारका मानव सभ्यतामाथि नै प्रश्न उठाउने खालका घटनाहरु बाहिर आएका छन् (ओरेक नेपालका तथ्याङ्क) ।

Read more

प्रेश विज्ञप्ति

मिति २०६९ बैशाख १८ गते जनकपुरको रामानन्द चोकमा अज्ञात समूहद्वारा गराईएको बम बिस्फोटनको घटनाप्रति हामी स्तब्ध भएका छौं । उक्त घटनामा धनुषामा कला, संस्कृतिको माध्यमबाट महिलाका सवाललाई उठान गर्दै आउनुभएकी महिला अधिकारकर्मी रञ्जु झालाई गुमाउनु परेकोमा हामी मर्माहित भएका छौं ।  

Read more

विश्व स्वास्थ्य दिवसका सन्दर्भमा महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजालद्वारा जारी प्रेस विज्ञप्ति

नेपालको अन्तरिम संविधानको धारा १६ ले नेपाली नागरिकहरूको स्वास्थ्यको अधिकारलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको छ । महिला हक अन्तर्गतको धारा २० को (२) द्वारा महिलाको प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित गरिएको छ । अन्तराष्ट्रिय तहमा सामाजिक, आर्थिक, सांस्कृतिक अधिकार सम्बन्धी प्रतिज्ञापत्रको धारा १२ ले जनताको स्वास्थ्य अधिकार सुनिश्चितता गर्ने दायित्व सरकारलाई दिएको छ ।

Read more