महिला सहिद दिवस

सन् १९८९ को डिसेम्बर ६ मा महिलावादी भएको भन्दै क्यानाडाको मन्ट्रियल बिश्वबिधालयमा १४ जना छात्रालाई कलेजकै एक युवाले कक्षाकोठामा प्रवेश गरि मारेको घटना पछि उनीहरूको सम्झनामा संसार भर डिसेम्बर ६ मा महिला सहिद दिवस मनाईने गरिन्छ | त्यसो त हरेक आन्दोलनमा लडेर सहिद भएका महिलाहरू कै पनि कम सम्झना हुने गरेको छ |

त्यसमा माथी मन परेको मानिसलाई प्रेम गरेको आरोपमा, मानिससँग ठाडो स्वरमा बोलेको आरोपमा वा सानातीना समानता खोजेको आरोपमा महिलालाई मार्ने, जिउदै जलाउने घटनाहरू जीवित नै छन् | अनि देशका ठूला मिडियामा सम्पादक भएर दशकौं गुजारेका मानिसहरू पनि महिलाको समानताको बारेमा बोल्ने महिला आतंककारी हुन् भन्ने मान्यता सहितका अभिव्यक्ति दिने गर्छन् | यसै सन्दर्भमा देशको लागि, समानताको लागि, अधिकारको लागि लड्दा लड्दै मारिएका सबै ज्ञात अज्ञात सहिदको सम्झनामा यो पटकको महिला सहिद दिवसमा माईतिघर मण्डलामा पितृसत्ताले महिलालाई पाखापारेको छ भन्ने विश्वास बोकेका १६ जना कविहरूले  कविता पाठ गरेका छन |