100 Days VAW Campaign (Against All Forms of Violence Against Women) Launched

बोक्सिको आरोप लगाई महिला माथि गरिने अपराध विरुद्धको अभियान

बैशाख देखि हाल सम्म (फाल्गुन) ९२ जना महिलाहरुलाई बोक्सीको आरोपमा हिंसा भएको ओरेक नेपालको तथ्याकंले देखाएको  छ । बाहिर नआएका घटनाहरुको संख्या त्यतिकै मात्रामा छ । बोक्सिको आरोप लगाई  भनाभन भएको घटनालाई समाजमा घटना नै नमान्ने स्थिति छ । त्यस्ता घटनाहरु मिलाउन  र ढाकछोप गर्न समाजमा नेतृत्व गरेका अगुवा व्यक्तिहरु र राजनैतिक दलका व्यक्तिहरु नै अग्रसर भएर लागिपरेका छन् भन्ने प्रमाणित गर्ने आधारहरु धेरै छन् ।

समग्रमा भन्नुपर्दा यसरी सामाजिक कुरितीहरु तथा अन्धविश्वासमा आधारित भई नेपाली महिलाहरुलाई बोक्सिको आरोप लगाई मल मुत्र खुवाउँदा, रापिलो धातुले डाम्दा, कालो मोसो दल्दा, बिभिन्न प्रकारले अपमान गर्दा, यातना दिँदा तथा जिउँदै जलाई  ज्यानै सम्म लिंदा पनि किन यहाँ परिवर्तनका लागि ठोस कदम चालिन्न ? यो प्रश्नको जवाफ खोज्नु आवश्यक भएको छ ।

बोक्सी भन्ने आरोप लगाई महिला माथि गरिने हिंसा, अन्धबिश्वास र समाजमा आधारित कुरितीहरुको परिणाम हो ।

 पृष्ठभूमी

बोक्सीको आरोप लागि महिला माथि गरिने विभिन्न प्रकारका अपराधहरु देशमा बढ्दै गैराखेको स्थितिले सामाजिक न्यायमा विश्वास राख्ने हरेक नेपालीलाई आज चिन्तित बनाएको छ । ओरेक नेपालबाट उपलब्ध तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि यो बर्ष ९२ वटा घटना  दर्ता भएका छन् । ती मध्ये बहुसंख्यक घटनामा मानव सभ्यता माथि नै प्रश्न उठाउने खालका बिभत्स प्रकारका अपराध अत्याचारहरु गरिएको छ ।

देश राजनीतिक रुपले लोकतान्त्रिक प्रणाली तर्फ रुपान्तरितहुने क्रममा भए पनि यो प्रकृयाले सामाजिक, आर्थिक संरचना, समाजमा जरो गाडेर रहेको बिभेद र अन्धबिश्वास मा आधारित संस्कृतीलाई संबोधन नगरेको स्थितिले यस्ता अपराध गर्ने अपराधिहरुलाई बल पुगेको छ । देशमा स्थापित बिभेद, अन्याय र अन्धविश्वासमा आधारित सामाजिक, साँस्कृतीक कुरीतीहरु अन्त्य गर्ने उद्देश्यलाई मूल मुद्दा बनाई सुरु गरिएको भनिएको १२ बर्षे राजनैतिक हिंसात्मक द्वन्द्व को अन्त्य गरी सुरु गरिएको शान्ति निर्माण प्रकृयामा शान्तिको लाभांस पाउनुपर्ने व्यक्तिहरुलाई शान्ति निर्माण प्रकृयाबाट बाहिरै राखिएको स्थितिले यसलाई मलजल गरेको छ । यो स्थितिको मार सब भन्दा बढी महिलाले खेप्नु परिराखेको स्थिति छ । २०४६ सालमा शुरु गरिएको भनिएको देशको लोकतान्त्रिकरणको प्रकृया, राज्य द्वारा अन्तराष्ट्रिय मानवअधिकारका दस्ताबेजहरुमा हस्ताक्षर गरी जनाएको प्रतिबद्धता, बिभिन्न राजनैतिक पार्टिका महिला संगठनहरु तथा राष्ट्रियदेखि समुदाय स्तरसम्म रहेको महिला समूह, संघ संस्थाहरुका साथै मानव अधिकारकर्मीहरुको संजालहरुले महिला ससक्तिकरणका प्रकृयालाई पु¥याएको योगदानका कारण महिलाहरु भित्र सुरु भएको ससक्तिकरण र हिंसा बिरुद्ध मौनताको संस्कृती अन्त्य गर्ने अठोट अहिले धरापमा परेको छ । देशमा  जरो गाडेर रहेको पितृसत्तात्मक सामाजिक, आर्थिक र सांस्कृतिक संरचनाका कारण उत्पन्न असमान सम्बन्ध जस्ता बिभेदपूर्ण स्थितिलाई अन्त्य गर्ने प्रयास शान्ति निर्माण प्रकृयामा प्राथमिकतामा नपर्नु बरु सत्तालाई जोगाउन गरिएको खेलका कारण उत्पन्न राजनैतिक अस्थिरता, दण्डहिनता, राजनीतिक अपराधीकरणले गर्दा महिलाहरु दोहोरो हिंसाको मारमा परिराखेको यथार्थता आज सबैको सामु छ ।

अहिलेको  स्थिति   

देश राजतन्त्रवाट  लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएको छ । नयाँ नेपालको खाका कोरिदै गरेको अवस्था छ । तर नेपाली महिलाहरुको अवस्थामा भने खासै परिवर्तन आउन सकेको छैन । अहिले पनि महिलाहरुलाई विभित्र बाहानामा प्रताडित गरिरहेको अवस्था छ । उनीहरु माथि बिभिन्न प्रकारका अपराधहरु भैरहेका छन् । बोक्सीको आरोप लगाई  मलमूत्र खान बाध्य बनाइएको छ । जिउँदै जलाइएको छ । आँखा निकालिएको छ । तातो पन्यूले डामिएको छ । समाज घरबाट निकाला गरिएको छ । तर, यी केही प्रतिनिधि मूलक घटनाका रुपहरु मात्रै हुन् भन्ने हामिले बुमmेका छौं ।  यस्ता धेरै घटनाहरु अमmै बाहिर आएका छैनन् ।  यसरी बाहिर आएका घटनाहरुमा पनि  पिडकले  सजाय पाएका छैनन् । पिडितले न त कानूनी न्याय नै पाएका छन् न त सामाजिक न्याय नै । पिडितहरु आफु माथि भएको अन्यायहरु खप्दै जीवनभर अपहेलित जीवन बिताउन बाध्य बनाइएकाछन् ।

यस्ता व्यबहारहरु कानूनी सामाजिक अपराध हुन्, तर देशमा यस्ता अपराधहरुलाई सम्बोधन गर्ने  उपयुक्त कानूनी आधार छैनन् π  पिडितलाई सहयोग गर्ने सहयोगी संयन्त्रहरु छैनन् । उनीहरु माथि गरिएको अपराधका कारण उनीहरुको जीवन यापन कष्टकर बनेको छ, तर उनीहरुलाई “न्याय पाउनु भनेको आकाशको फल आँखा तरी मर भनेको उखान” मmैं भएको छ । जीवन यापन का लागि क्षतीपूर्ती पाउने अधिकार सुनिश्चित गरिने आधार छैनन् ।

महिला अधिकार मानव अधिकारस्

यस्ता अपराधहरु राज्यले महिलाको मानव अधिकार सुनिश्चित गर्न नसकेको स्थितिबाट उत्पन्न परिणामहरु हुन् । तर यस्ता मुद्दाहरु मानव अधिकारका मुद्दाका रुपमा  स्थापीत हुन सकेका छैनन् ।  यस्ता मुद्दाहरु सम्बोधन गर्ने जिम्मेवारी सरकारको हो ।

सरकारलाई सर्बोच्च अदालतले मिति २०६७ साल जेष्ठ २८ गते बोक्सी प्रथा जस्तो अमानुषिक व्यवहार रोकथाम, नियन्त्रण र सजाय गर्ने प्रभावकारी कानून तर्जुमा गर्न नेपाल सरकारलाई निर्देशनात्मक आदेश जारी गरिसकेको अवस्था छ । त्यसैगरि महिला विरुद्ध भेदभाव उन्मूलन समिति ९ऋभ्म्ब्ध् ऋयmmष्ततभभ० ले सन् २०११ मा नेपालमा महिला हक सुनिश्चितताका लागि सरकारले  गर्नुपर्ने कार्यहरु भनि स्पष्ट रुपले निम्न  सुमmाबहरु दिएका छन् , ती मध्ये केहि सुझाबहरु निम्न अनुसार छन्ः

क) महासन्धीको धारा २ (एफ) र ५ (ए) अनुरुप पितृसत्तात्मक सोंच तथा महिला विरुद्ध हुने भेदभावको प्रचलन उन्मूलन गर्न ठोस लक्ष्य तथा समय तालिका सहित व्यापक रणनीति बिना ढिलाईका साथ अवलम्बन गर ≤

ख) नागरिक समाजका साथै समुदाय र धार्मिक नेताहरुलाई सामेल गरी महिला र पुरुष दुवै लक्षित गरि हानिकारक परम्परा अन्त्य गर्न संचार माध्यमहरु सित सहकार्य गरी महिलाहरुको सकारात्मक, परम्परागत भन्दा भिन्न र भेदभाव रहित चित्रण गर्न र जनचेतना अभिवृद्धि तथा शैक्षिक प्रयास सुदृढिकरणमा जोड दिन ≤  तथा  

ग) हानीकारक सामाजिक अभ्यास सम्बन्धि मस्यौदा कानूनलाइ तुरुन्त लागु गर र यसमा सबैप्रकारका हानीकारक प्रचलन समावेश भएको सुनिश्चित गर तथा विना ढिलाई यस कानुनको पूर्ण कार्यान्वयनको सुनिश्चितताका साथै यसको  प्रभावकारि कार्यान्वयनको लागि अनुगमन गर ≤

त्यसैगरी सन् २०११ मा नै भएको नेपालको मानव अधिकारको बिश्वव्यापि समिक्षा (ग्एच् च्भ्ख्क्ष्भ्ध्) का बखत धेरै देशहरुले नेपाल सरकारलाई महिला हिंसा अन्त्य गर्न जिम्मेवार पहल गर्न सुमmाब दिएकाछन् , राज्य द्वारा त्यसलाई स्वीकारी पहल गर्ने अठोट गरिएको छ । देशका सबै राजनीतिक पार्टिहरुका घोषणात्रहरु मार्फत महिला हिंसा अन्त्य गर्ने प्रतिबद्धता जारी गरिएको छ, तर पनि आज महिला माथि भइराखेको यस्तो जघन्य अपराध किन राष्ट्रिय बहस को मुद्दा बन्न सकेको छैन, यो गम्भिर प्रश्न छ ।

बैशाख देखि हाल सम्म (फाल्गुन) ९२ जना महिलाहरुलाई बोक्सीको आरोपमा हिंसा भएको ओरेक नेपालको तथ्याकंले देखाएको  छ । बाहिर नआएका घटनाहरुको संख्या त्यतिकै मात्रामा छ । बोक्सिको आरोप लगाई  भनाभन भएको घटनालाई समाजमा घटना नै नमान्ने स्थिति छ । त्यस्ता घटनाहरु मिलाउन  र ढाकछोप गर्न समाजमा नेतृत्व गरेका अगुवा व्यक्तिहरु र राजनैतिक दलका व्यक्तिहरु नै अग्रसर भएर लागिपरेका छन् भन्ने प्रमाणित गर्ने आधारहरु धेरै छन् ।

समग्रमा भन्नुपर्दा यसरी सामाजिक कुरितीहरु तथा अन्धविश्वासमा आधारित भई नेपाली महिलाहरुलाई बोक्सिको आरोप लगाई मल मुत्र खुवाउँदा, रापिलो धातुले डाम्दा, कालो मोसो दल्दा, बिभिन्न प्रकारले अपमान गर्दा, यातना दिँदा तथा जिउँदै जलाई  ज्यानै सम्म लिंदा पनि किन यहाँ परिवर्तनका लागि ठोस कदम चालिन्न ? यो प्रश्नको जवाफ खोज्नु आवश्यक भएको छ ।

बोक्सी भन्ने आरोप लगाई महिला माथि गरिने हिंसा, अन्धबिश्वास र समाजमा आधारित कुरितीहरुको परिणाम हो । नागरिकहरुको सामाजिक, आर्थिक अधिकार सुनिश्चित नभएको स्थिति तथा महिलालाई दिएको दोस्रो दर्जाको स्थानले यस्ता अन्धविश्वास र अपराधहरुलाई मल जल गर्दछन् । यस्ता अपराध सम्बोधन गर्नका लागि अन्धबिश्वास अन्त्य गर्ने अभियान संचालनका साथै, अन्धविश्वासमा आधारित हिंसा गर्ने व्यक्तिलाई बलियो कानूनी दायरामा ल्याउनु अनिवार्य हुन्छ । यसका लागि संरचनागत परिवर्तन गर्न सरकार तयार हुनपर्दछ । महिलालाई हेर्ने विभेदकारी दृष्टिकोणमा परिवर्तन ल्याउने अभियान चलाउनु आवश्यक हुन्छ । तर दुःख को कुरा यहाँ महिला अधिकार सुनिश्चितताका लागि संवेदनशिल छु भन्ने सरकार समेत बाट यसरी जघन्य अपराध भईराखेको स्थितीमा समेत यस्ता अन्धविश्वासको आधारमा गरिने अपराध अन्त्यका लागि जिम्मेवार काम गरिएको छैन । यसमा थप यस्ता अपराध बिरुद्ध गरिने कार्यमा हुनुपर्ने संबेदनशिलताको ख्यालै नगरी सस्तो लोकप्रियताका लागि गरिने गरिएका घोषणाहरुले के यसरीे समस्याको दिगो समाधान हुन्छ ? के साच्चै सरकार यस्ता अपराध अन्त्य गर्न संबेदनशिल छ ? भन्ने गम्भिर प्रश्न खडा भएको छ । यो स्थितीले यस्ता गम्भिर अपराधहरुका बिरुद्ध सबै नागरिक एकजुट भई उभिनुपर्ने स्थिति आएको छ । यही स्थितिलाई गम्भिरताका साथ लिदैं महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल को संयोजनमा बिभिन्न महिला अधिकार प्रति संबेदनशील संजाल, संस्था, व्यक्तिहरु द्वारा यसरी “बोक्सीक आरोप लगाई महिलाहरु माथि गरिने अपराधका बिरुद्ध ६० दिने अभियान संचालन गर्न गईरहेको छ” ।

 अभियानको प्रमुख उद्देश्यहरु

स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्मका सरोकारवालाहरुलाई  बोक्सीको आरोप लगाई महिला माथि गरिने अपराध बिरुद्ध सचेत बनाउनुको साथै यस्ता अपराधहरु महिलाको मानव अधिकार हनन् हो भन्ने बिषयमा समुदाय तह सम्म सुचना पु¥याउने एवं प्रभावितको न्याय तथा जीवन यापनका आधार सुनिश्चित गराउनका लागि पैरवी गर्ने ।

कार्यक्रमहरुः

यो अभियान अन्तरगत निम्न कार्यक्रमहरु संचालन गरिनेछन्

    चैत्र २९ गते अभियानको सुरुवात काठमाण्डौ बाट
    ११ बजे पत्रकार  अन्तरक्रिया साफ्फाल्चामा
    ३ बजे कार्यक्रमको सुरुवात बसन्तपुरमा कलाकारहरुबाट
    २०६९ बैशाख २० मा र्याली बिहान ८ बजे देखि १० बजे सम्म
    २०६९ बैशाख २० मा राष्ट्रिय नेताहरु सँग सुनुवाई कार्यक्रम
    बिभिन्न संचार संस्थाहरुको सहयोगमा सुचना प्रसारित, अन्तरवार्ता र अन्तरकृयाहरु
    जिल्ला जिल्लामा सुचना प्रवाह

यो अभियानका मागहरुः

    बोक्सीको आरोप लगाई महिला माथि गरिने हिंसा सम्बोधन गर्ने प्रभावकारी कानूनको अबिलम्ब  व्यवस्था
    बोक्सीको आरोप लागी अपराध खप्न बाध्य महिलाहरुका लागि तुरुन्तै न्याय प्राप्त गर्ने संयन्त्रको व्यवस्था
    प्रभावितहरुको सामाजिक, आर्थिक, अधिकार सुनिश्चितता गर्ने प्रभावकारी व्यवस्था
    सरकारी तहबाट बोक्सी अन्धबिश्वास हो, सामाजिक कुरीतीजन्य सोच को परिणाम हो, भन्ने बुमmाउने खालको प्रभावकारी संचार अभियान संचालन ।